नियम ५१
निवेदकले अदालतलाई सहयोग गर्नु पर्ने
(१) निवेदकले दर्ता गराएको सार्वजनिक हक वा सरोकारको विवादको विषयमा निरन्तर अध्ययन अनुसन्धान गरी विवाद निरुपण गर्न अदालतलाई हरसम्भव सहयोग पुर्‍याउनु पर्नेछ ।
(२) अदालतमा दर्ता भएको सार्वजनिक सरोकारको निवेदन निवेदकले फिर्ता लिन पाउने छैन ।